Skip to content
Prabhu

सातै प्रदेशमा एम्बुलेन्स वितरण गर्ने नेको इन्स्योरेन्सको घोषणा

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले सातवटै प्रदेशमा एम्बुलेन्स दिने घोषणा गरेको छ । कम्पनीले घोषणा गरेर अनुसार पहिलो एम्बुलेन्स नेपाल रेडक्रम सोसाइटी वाणगंगा शाखालाई हस्तान्तरण गरिएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । सो अवसरमा लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी, नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेश कुमार निरौला तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको उपस्थिति थियो ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। व्यवसायको साथसाथै समाज सेवाको लागि बेलाबेलामा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको कम्पनीले जनाएको छ । यस अघि सिरहाको सामुदायिक अस्पताललाई यन्त्र– उपकरणको लागि सहयोग, बन्दीपुर– तनहुँको सामुदयिक अस्पतालको भवन निर्माणको लागि सहयोग प्रदान गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal