Skip to content
Prabhu

अफगानिस्तानमा ६० विदेशीसहित २० हजार कैदी सजाय भोग्दै

काबुल । अफगानिस्तानको जेलमा कुल ६० विदेशी नागरिकलाई थुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । देशभरका जेलमा जेलमा हाल एक हजार ५ सय महिलासहित २० हजार बन्दी छन् ।

अफगानिस्तानी जेलमा १० महिलासहित ६० विदेशीलाई थुनामा राखिएको जेल प्रशासन कार्यालयका उपप्रमुख अब्दुल्लाह हमदर्दलाई उदृत गरी टोलो न्यूजले जनाएको छ।

विभिन्न अपराधमा विदेशी कैँदी जीवन बिताइरहेको र कारागारमा कुनै यातना नभएको बरु कैदीलाई सिक्ने र तालिम दिने अवसर रहेको उनले बताए ।

जेल प्रशासनले कैदीहरूको राष्ट्रियता भने सार्वजनिक गरेको छैन । प्रशासनले अप्रिलमा ४० जना विदेशी थुनामा रहेको रिपोर्ट गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal