Skip to content
Prabhu

नेप्से ५ अंकले घट्यो, कारोबार रकममा ४ अर्ब ३७ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ५ अंक भन्दा बढीले घटेको छ । आइतबार सेयर बजार परिसूचक ५ दशमलव ३७ अंकले घटेको हो ।

आइतबार ५ दशमलव ३७ अंकले घटेर नेप्से परिसूचक २०६२ दशमलव ९४ विन्दुमा पुगेको छ । आइतबार अधिकांश उपसमूहको सेयर मूल्य घटेसँगै यसको प्रभाव समग्र बजारमा परेको छ । आइतबार १३ उपसूमहमध्ये ३ वटा उपसमूहको परिसूचक मात्रै बढेको छ । बाँकी १० उपसमूहको परिसूचक राताम्य देखिएको छ ।

आइतबार सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आइतबारको कारोबार बन्द हुँदा सेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ । आइतबार ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ६१ हजार ५१३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६३ अंकले घटेर ३६४ दशमलव ४२ अंकमा पुगेको छ ।

समग्रमा सेयर बजार घटेको दिन ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, रिलाइन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal