Skip to content
Prabhu

ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरैले घट्यो

 

काठमाडौं । आइतबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भयो । कारोबार भएका अधिकांश कम्पनी र अधिकांश उपसमूहको परिसूचक घटेपछि आइतबार पनि सेयर बजार ओरोलो लाग्यो ।

१६४ कम्पनीको सेयर मूल्य घटेको दिन ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ६.५८ प्रतिशतले घटेको हो । यो लघुवित्तको सेयर मूल्य १०० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार बन्द भएको छ ।

आज धेरै मूल्य घट्ने कम्पनीको दोस्रो नम्बरमा सनराइज ब्लुचिप फण्ड रहेको छ । यो कम्पनीको सेयर मूल्य ५.२४ प्रतिशत अर्थात् ०.४४ रुपैयाँले घटेर ७ रुपैयाँ ९६ पैसामा कारोबार बन्द भएको छ । त्यस्तै कालीका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ५.१८ प्रतिशत अर्थात् ६० रुपैयाँ १० पैसाले घटेर १ हजार ९९ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा पनि ५.११ प्रतिशतले गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य १०९ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँमा पुगेको छ । यता धेरै मूल्य घट्ने ५ औँ कम्पनीमा बाराही हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य ४.४२ प्रतिशत अर्थात् ३२ रुपैयाँले घटेर ६९२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal