Skip to content
Prabhu

किसान र जाल्पा लघुवित्तको सेयर कारोबार रोक्का

nabil

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । यी दुई लघुवित्त एक आपसमा मर्ज भइ एकीकृत कारोबार सुरु गर्नका लागि सेयर कारोबार रोक्का गरिएको हो ।

यी दुई लघुवित्तले मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा यही असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । सोही प्रयोजनार्थ ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गरिएको हो ।

एकीकृत कारोबारका लागि यी दुई लघुवित्तले गत जेठ २९ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती दिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal