Skip to content
Prabhu

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारणसभा

काठमाडौं । नागरिक लगानी कोषले साधारणसभा बोलाएको छ । कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।

कम्पनीले असार ३१ गते २९ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै, सभाले सेयरधनी तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal