Skip to content
Prabhu

कामु मुख्य सचिवको जिम्मेवारी लीलादेवी गड्तौलालाई, निलम्बित अर्याललाई योजना आयोगमा जगेडामा सरुवा

काठमाडौं । सरकारले कायम मुकायम मुख्य सचिवको जिम्मेवारी लीलादेवी गड्तौलालाई दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी दिएको हो ।

यस अघिका मुख्य सचिव डा.बैकुण्ठ अर्याललाई निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी सचिव गड्तौलालाई कामुको जिम्मेवारी दिइएको हो । त्यस्तै निलम्बनमा परेको अर्याललाई भने राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरिएको छ । मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगको विशेष पद सिर्जना गरेर सरुवा गरेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal