Skip to content
Prabhu

प्रिओपन सेसनः नेप्से शून्य दशमलव १४ अंकले बढ्यो

 

काठमाडौं । साताको दोस्रो कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ। सोमबारको प्रिओपन सेसनमा परिसूचक ० दशमलव १४ अंकले बढेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबार ५ दशमलव ३७ अंक घटेर २०६२ दशमलव ९४ विन्दुमा बन्द भएको नेप्से, सोमबारको प्रिओपन सेसनमा ० दशमलव १४ अंक बढेर २०६३ दशमलव ०९ विन्दुमा पुगेको छ । सोमबारको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ० दशमलव ०३ अंक बढेको छ ।

सोमबार प्रिओपन सेसनमा ४९ स्टकको १३२ पटकको कारोबारमा ७९ लाख ३६ हजार १५१ रुपैयाँ ९० पैसाबराबरको १५ हजार ६८४ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ । बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal