Skip to content
Prabhu

११ महिनामा लघु निर्जीवन बीमा कम्पनीको व्यवसाय २३ करोड बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा लघु निर्जीवन बीमा कम्पनीहरुले २३ करोड बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जेठ मसान्तसम्मको अवधिमा लघु बीमा कम्पनीहरुले २३ करोड ९१ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

चारवटा लघु निर्जीवन बीमा कम्पनीले जेठ मसान्तसम्मको अवधिमा १ लाख ४ हजार २७९ बीमा लेख जारी गर्दै सो २३ करोड बढीको बीमा शूल्क संकलन गरेका हुन् । ४ वटा निर्जीवन बीमा कम्पनीले वैशाख महिनासम्म १९ करोड ३८ लाख रुपैयाँको व्यवसाय गरेका थिए । प्राधिकरणको तथ्यांक अनुसार लघु निर्जीवन बीमा कम्पनीले जेठ महिनामा साढे ४ करोड बढीको व्यवसाय गरेका छन् । जेठ महिनामा मात्रै कम्पनीहरुले ४ करोड ५३ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

११ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसा गर्ने निर्जीवन बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले जेठ मसान्तसम्म ८ करोड ८३ लाख ९६ हजार रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले ४३ हजार १९७ वटा बीमालेख जारी गरेको छ । त्यस्तै ११ महिनाको अवधिमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २६ हजार ५८९ वटा बीमालेख जारी गरेर ५ करोड ३७ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ४ करोड ४९ लाख १३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अवधिमा कम्पनीले २५ हजार १३५ वटा बीमालेख जारी गरेको छ । चार वटा निर्जीवन लघु बीमा कम्पनीमध्ये सबैभन्दा कम व्यवसाय गर्ने कम्पनी ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले ११ महिनाको अधिमा २ करोड २० लाख ६९ हजार रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले ९ हजार ३५८ वटा बीमा लेख जारी गरेको छ । बीमा रकम र बीमालेख दुवैमा ट्रष्ट माइक्रो इन्स्योरेन्स सबैभन्दा पछि रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal