Skip to content
Prabhu

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ५ अर्ब बढी

काठमाडौं । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ । कारोबार हुने साताको दोस्रो दिन सेयर बजार परिसूचक ३ दशमलव २१ अंकले बढेको हो ।

सोमबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २०६६ दशमलव १६ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार सेयर बजारमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज सेयर बजारमा ५ अर्ब भन्दा बढीको करोबार भएको छ । सोमबार ३२२ कम्पनीका १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर ६६ हजार ५१९ पटक खरिद बिक्री हुँदा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३९ अंकले बढेर ३६४ दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै १३ उपसूमहमध्ये ६ उपसमूहको सेयर मूल्य वढेको छ भने ७ उपसमूहको सेयर मूल्य घटेको छ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal