Skip to content
Prabhu

मौद्रिक नीति क्रमशः खुकुलो गर्ने गभर्नर अधिकारीको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति खुकुलो हुँदै गएको बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामि मौद्रिक नीतिको पूर्व छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।

विश्वभरको अवस्थाले नीति कडा बााउनु परेको थियो । जसका कारण कडा मौद्रिक नीति आएको उनले बताए ।

अहिले पोलिसी रेट अहिले ५ प्रतिशतमा रहेको भन्दै उनले भारतको तुलनामा १ प्रतिशतले कम भएको बताए ।

अर्थतन्त्रमा निर्माण क्षेत्रमा काम नभएको कारण शिथिलता आएको गभर्नर अधिकारीको टिप्पणी छ ।

बजेटलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने उनको धारणा छ ।

आर्थिक स्थिरता महत्वपूर्ण रहेको उनले बताए । ग्राहकलाई कोभिडको समयमा बैकहरूले बचाएको उनको दाबी छ । उनले विदेशी सञ्चितिको अवस्थामा बुझेर अगाडि बढ्न पर्ने धारणा राखे ।

सबैले सहयोग गरेमा अर्थतन्त्रलाई सहयोग पुग्ने उनको भनाई छ । देशभित्र अवस्था राम्रो हुँदै गएको उनको दाबी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal