Skip to content

मुलुकको सर्वोपरि हित हुने गरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छन्ः प्रधानमन्त्री

nabil bank
प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरि हित हुने गरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाबमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनुअगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको स्पष्ट पारे।

राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको प्रधानमन्त्रीले बताए। प्रधानन्त्रीको निजी सचिवालयका अनुसार मुलुकको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए । उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा र कार्यसम्पादनमा आधारित बनाइने विश्वास व्यक्त गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime