Skip to content

विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

nabil bank
प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले उच्च प्राथमिकतामा राखेका बताएका छन् ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले विदेशमा हुने मृत्यु तथा कानुनी सजायका सम्बन्धमा सम्बन्धित मुलुकको कानुनबमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भए पनि नियोगहरूबाट यस प्रकारका सेवा चौबिसै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए।

‘केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त ‘हटलाइन’ सेवाका साथै ‘वेबसाइट’ र सामाजिक सञ्जाललगायत माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्रीले भने, ‘साउदी अरबलगायत केही नियोगमा ‘सेल्टर होम’को व्यवस्था गरिएको छ । नियोगहरूले प्रत्यक्ष तथा ‘अनलाइन’ माध्यमबाट नेपाली कामदार लक्ष्यित मनोपरामर्शसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।’

राहदानी विभागले राहदानी सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री तुल्याइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहने स्पष्ट पारे। उनले विदेशमा रहेका नेपालीको हकहितलाई ध्यान दिँदै राहदानी तथा ‘कन्सुलर’ सेवालाई प्रविधिमा आधारित बनाइएको जानकारी दिए ।

‘राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन संकलन र वितरणका लागि घुम्तीसेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्रीले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime