Skip to content
Prabhu

मंगलबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय १५ रुपैयाँ रहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय २० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal