Skip to content
Prabhu

हिमालय ऊर्जाले हकप्रद सेयर बिक्रीका लागि असार २० गते बुक क्लोज गर्ने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति असार २० गते तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, असार १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal