Skip to content
Prabhu

बजेट कार्यान्वयन गर्ने सकिने छः सचिव मधु मरासिनी

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीले बजेट वास्तविकतामा आधारित भएर आएको बताएका छन् । सेजनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन ।
बजेट निर्माणामा निकै दबाबका बीचमा पनि सजग भएर बजेट आएको उनको दाबी छ । लक्ष्यअनुसारको बजेट बनेको उनले बताए । निजी क्षेत्रलाई सहयोग गर्ने गरी फिस्कल पोलिसी आएको उनको भनाइ छ । मौद्रिक नीति पनि त्यसलाई सहयोग हुने खालको आउने उनको विश्वास थियो ।
सरकार निजी क्षेत्रलाई अघि बढाउन सधै सकारात्मक रहेको उनको भनाइ छ । बजारलाई चलाएमान बनाउनका लागि सरकारले सहयोग गर्ने उनको भनाइ छ । सबै प्रदेको विशेषतालाई अघि बढाउनका लागि पनि काम भइरहेको उनले बताए ।
४ प्रतिशतको मात्रै वृद्धिले मात्र देश समृद्ध हुन नसक्ने उनको भनाइ छ । नयाँ पुस्तालाई नेपालमा नै बस्ने वातावण निर्माणको आवश्यकता रहेको उनको धारणा थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal