Skip to content
Prabhu

डेटामा आधारित पोलिसी आउने गभर्नर अधिकारीको भनाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति डेटामा आधारित भएर आउने बताएका छन् । सेजनले आयोजना गरेको मौद्रिक नीति सार्वजनिक पूर्वको छलफल कार्यक्रममा उनले बतमएका हुन् ।

पोलिसी मेकरले कसैलाई पनि ऋणमा नडुबाउने भन्दै सबै कुरालाई ध्यानमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ । ठूला व्यवसायीका लागि जर्किङ क्यापिटलको समस्या नै नरहेको उनले बताए ।
बैंकले लोन लिँदा कमिसन लिन्छभन्दा लाजमर्दो कुरा भएकाले प्रमाण दिनका लागि उनले आग्रह गरे। प्रमाण दिएमा निर्भम रुपमा कारबाही गर्ने उनको प्रतिबद्धता थियो ।

आन्तिरक उत्पादन बढाएर रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । आयाआर्जनका लागि लघुवित्तको भूमिका महत्वपूर्ण रहेको अधिकारिको भनाइ थियो । काम गर्दा विरोध हुने भएकाले त्यसबाट नआत्तिन पनि उनले आग्रह गरे । रेगुलुसन आवश्यक रहने भएकाले च्यसबाट नआतिन उनले आग्रह गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal