Skip to content
Prabhu

विश्व बैंकद्वारा श्रीलङ्कामा स्वास्थ्य सेवा सुधार गर्न १५० मिलियन अमेरिकी डलर ऋिण स्वीकृत

कोलम्बो । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि १५० मिलियन अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ ।

विश्व बैंकले परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्राथमिक चिकित्सा सेवा संस्थाको प्रयोग बढाउने र हेरचाहको गुणस्तर सुधार गर्न मद्दत गर्ने जनाएको छ ।
क्षमता चुनौती र औपचारिक संयन्त्रको अभावले श्रीलङ्कामा प्राथमिक स्वास्थ्य सेवा सुविधाको कम उपयोग तथा हेरचाह सुविधामा भीडभाड निम्त्याएको छ ।

अघिल्लो विश्व बैंक समर्थित परियोजनाले पहिले नै ५५० प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई आवश्यक उपकरण, औषधि, स्वास्थ्य कार्यकर्ता र आधारभूत प्रयोगशाला परीक्षण सुविधासहित विस्तार गरिसकेको छ ।

नयाँ परियोजनाले श्रीलङ्काका सबै जिल्लाहरूमा सत प्रतिशत प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई समेट्न यी प्रयासहरूलाई विस्तार गर्नेछ भने थप सेवा प्याकेज र हेरचाहको गुणस्तर सुधार गरी १ हजारभन्दा बढी सुविधाहरूमा विस्तार गर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal