Skip to content
Prabhu

सेयर बजारमा साढे ५ अंकको सुधार, कारोबार रकममा गिरावट

काठमाडौं । सेयर बजार परिसूचक आज साढे ५ अंकले बढेको छ । अघिल्लो दिनको कारोबारभन्दा आज ५ दशमलव ६० विन्दुले सेयर बजार परिसूचक बढेको होे ।

कारोबार हुने साताको तेस्रो दिन सेयर बजार परिसूचक साढे ५ अंकले बढेर २०७१ दशमलव ७७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

परिसूचक बढे पनि मंगलबार कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आज ४ अर्बभन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ६० हजार ८५८ पटक खरिद बिक्री हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २० अंकले बढेर ३६५ दशमलव ०२ विन्दुमा पुगेको छ ।मंगलबारको कारोबार बन्द हुँदा सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ग्लोबल आइएमई बैंक डिबेन्चरमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा १०० रुपैयाँले वृद्धि भएको छ ।

आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १ हजार १०० रुपैयाँ पुगेको छ । आज सेयर बजारमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको मूल्य १० प्रतिशत अर्थात् १४४ रुपैयाँ २० पैसाले घटेर १ हजार २९७ रुपैयाँ ८० पैसामा पुगेको छ ।

आज १३ उपसमूहको ८ उपसमूहको सेयर मूल्य बढेको छ भने ५ वटाको सेयर मूल्य घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal