Skip to content
Prabhu

ग्लोबल आइएमई बैंक डिबेन्चरको सेयर मूल्यमा सकारात्मक सर्किट, उच्च मूल्य वृद्धि भएको पाँच कम्पनी

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक साढे ५ अंकले बढेर बन्द भयो । कारोबार भएका अधिकांश कम्पनीको र उपसमूहको सेयर मूल्य बढेपछि सेयर बजार हरियो देखिएको हो ।

साताको तेस्रो दिनको कारोबार बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा ग्लोबल आइएमई बैंक डिबेन्चरमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार १०० रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा १०० रुपैयाँले बढी हो ।

योसँगै आज उच्च मूल्य बढ्ने कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, न्यादी हाइड्रोपावर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र चिख्र्वा हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीको सेयर धनीले मंगलबार धेरै कमाए ।

मकर जितुमायका सुरीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ४२ रुपैयाँ ८० पैसाले बढेर ७४१ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै मंगलबार न्यादी हाइड्रोपावरको सेयर मूल्य ८.६५ प्रतिशत अर्थात् २६ रुपैयाँ ८० पैसाले बढेर ३३६ रुपैयाँ ८० पैसा पुगेको छ । अपर सोलुको सेयर मूल्य ७.५७ प्रतिशत अर्थात् ३४ रुपैयाँले बढेर ४८३ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चिख्र्वा हाइड्रोको सेयर मूल्य पनि ६.६८ प्रतिशत अर्थात् ४० रुपैयाँ १० पैसाले बढेर ६१० रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal