Skip to content
Prabhu

सेयर बजारमा मंगलबार साधना लघुवित्तका सेयर धनीले सबैभन्दा धेरै गुमाए

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य अंकले बढेर बन्द भयो । १५१ कम्पनीको सेयर मूल्य बढेको दिन समग्रमा सेयर बजार परिसूचक साढे ५ अंकले बढेर बन्द भएको हो ।

समग्रमा सेयर बजार बढ्ेको दिन साधना लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै नोक्सानी वेहोरे । यो कम्पनीको सेयर मूल्य आज १४४ रुपैयाँ २० पैसाले घटेर १ हजार २९७ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो। यो कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।

यो कम्पनीसँगै आज एनआइबीएल स्थिर फण्ड, गुडविल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेडका सेयर धनीले धेरै गुमाए । यी कम्पनी आज सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनी भित्र परेका छन् ।

आज एनआइबिएल स्थिर फण्डको सेयर मूल्य ४.०५ प्रतिशत अर्थात् ०.३५ रुपैयाँले घटेर ८ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै गडविल फाइनान्सको सेयर मूल्य २३ रुपैयाँ १० पैसाले घटेर ५८९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.७७ प्रतिशतले कम हो ।

त्इस्तै जानकी फाइनान्सको सेयर मूल्य पनि आज ३.६७ प्रतिशत अर्थात् २२ रुपैयाँले घटेर ५७७ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै शिवश्री हाइड्रोपावरको सेयर मूल्य पनि ६ रुपैया ६० पैसाले घटेर १७९ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबारको तुलनामा ३.५६ प्रतिशतले कम हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal