Skip to content
Prabhu

११ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब ३३ अर्ब बढी, अधिकांशको बढ्यो एक कम्पनीको घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब ३३ करोड भन्द माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।

प्राधिकरणको तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब भन्दा बढी हो । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको समिक्षा अवधिमा गत आर्थिक वर्षको भन्दा ९ अर्ब ८ करोड बढीको बीमा व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले जेठ महिनामा वैशाखको तुलनामा १२ अर्ब २६ करोड ६३ लाख बढीको बीमा शुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड ४० लाख १२ हजार ३०२ सक्रिय बीमालेख जारी गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १४ वटा जीवन बीमा कम्पनीमध्ये १ वटाको व्यवसायमा गिरावट आएको छ भने अरु १३ वटाले व्यवसाय बढाएका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा गत वर्षको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसायमा गिरवाट आएको छ ।

चालु आर्थिक वर्षको जेठ महिनासम्मको अवधिमा सबैभन्दा धेरै व्यवसाय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । ११ महिनाको अवधिमा यो कम्पनीले ३५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्सको व्यवसाय ३२ अर्ब ३६ करोड ६१ लाख रुपैयाँको व्यवसाय गरेको थियो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १३ लाख ९८ हजार ९१२ वटा बीमालेख जारी गरेको छ ।

त्यस्तै यो अवधिमा धेरै व्यवसाय गर्ने कम्पनीको दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले जेठ महिनासम्मको अवधिमा १५ अर्ब ९८ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यो कम्पनीले १४ अर्ब ७ करोड ४ लाख रुपैयाँको व्यवसाय गरेको थियो । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा यो कम्पनीले १६ लाख ४ हजार ९९५ वटा सक्रिय बीमालेख जारी गरेको छ ।

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको व्यवसाय १५ अर्ब ८९ करोड ५८ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले ६ लाख ८४ हजार २४ वटा बीमालेख जारी गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सले जेठ मसान्तसम्म १४ अर्ब ६४ करोडको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले जेठ मसान्सतम्म ३ लाख ९३ हजार ५७९ वटा बीमा लेख जारी गरेको छ । गत वर्षको जेठ मसान्तसम्म यो कम्पनीले १३ अर्ब १२ करोड ९४ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

जेठ मसान्तसम्म एशियन लाइफले ६ लाख ५९ हजार ५०५ बिमालेख जारी गर्दै ७ २ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ११ करोड १५ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

यो अवधिमा सरकारी स्वामित्वका राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड ६४ लाख रुपैयाँको व्यवसा गरेको छ । कम्पनीले यो अवधिमा ५ लाख ६६ हजार ४८ सक्रिय बीमालेख जारी गर्दै सो बराबरको व्यवसाय गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको व्यवसाय ७ अर्ब ८६ करोड ६४ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षमा कम्पनीको व्यवसाय गत आर्थिक वर्षको तुलनामा कम भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

जेठ महिनासम्म मेट लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ८ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो अवधिमा यो कम्पनीले ८ लाख ७९ हजार ७२५ वटा सक्रिय बीमालेख जारी गर्दै सो बराबरको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ अर्ब ७७ करोड २९ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जेठ महिनासम्म ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो अवधिमा कम्पनीले ५ लाख ११ हजार ३२५ वटा बीमालेज जारी गरेको छ । यो कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको व्यवसाय ३ अर्ब ५६ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

जेठ महिनासम्म सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायमा गिरवाट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३ अर्ब ३९ करोड २१ लख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८ लाख ४९ हजार १५१ वटा बीमालेख जारी गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भने ३ अर्ब ४२ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अबै ६९ करोड ४१ लाख रुपैयाँ बराबरको ३१ लख ३४ हजार ७७१ वटा बीमालेख जारी गरेको छ । यो कम्पनीले गत वर्षको सोही अवधिमा ३ अर्ब २८ करोड ९२ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै सिटिजन लाइफले ५ अर्ब २९ करोड १२ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले ११ महिनाको अवधिमा १२ लाख ४ हजार १०३ वटा सक्रिय बीमालेख जारी गरेको छ । यो कम्पनीले गत आवको सोही अवधिमा ४ अर्ब ८३ करोड ९४ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।

त्यस्तै सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय ८ अर्ब ६८ करोड रुपैयाँको रेहेको छ । यो कम्पनीले यो अवधिमा ९ लाख ६६ हजार ३१० वटा बीमालेख जारी गरेको छ । गत वर्षको सोही अवधिमा यो कम्पनीले ४ अर्ब ४९ करोड ४३ लाख रुपैयाँको व्यवसाय गरेको थियो । त्यस्तै सानिमा रिलायन्स लाइफले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ८२ हजार १४४ वटा बीमालेख जारी गरेको छ । यो कम्पनील गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८६ करोड ३९ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।

त्यस्तै बीमा प्राधीकरणको तथ्यांक अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११ महिानाको व्यवसाय ३ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ रहेको छ । यो अवधिमा यो कम्पनीले १ लाख ७७ हजार ७१० वटा बीमालेख जारी गरेको छ । यो कम्पनी गत वर्षको सोही अवधिमा एकीकृत भइसकेको थिएन् । गत वर्षको सोही अवधिमा छुट्टा छुट्टै रहेका प्रभु र महालक्ष्मी लाइफले क्रमशः १ अर्ब ८४ करोड १२ लाख र १ अर्ब ४२ करोड ८७ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal