Skip to content
Prabhu

इजरायलले माग्यो ८ सय जना कामदार, मासिक २ लाख तलब

काठमाडौं । इजरायलले नेपालबाट ८०० जना श्रमिकलाई रोजगारीका लागि इजरायल लैजाने भएको छ । इजरायलले नेपालबाट वृद्धवृद्धा तथा बालबालिकाको स्याहार गर्ने कामका लागि ८०० श्रमिकका लागि आवेदन माग गरेको वैदेशिक रोजगार विभागले जनाएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बिभाग मार्फत इजरायलमा काम गर्न चाहाने उम्मेदावारको लागि आवेदन माग गरेस सूचना निकालिएको छ । ८०० जना मध्ये ५०० जना मुख्य र ३०० जना वैकल्पिक उम्मेदवार रहेने सूचनामा जनाइएको छ । ८०० मध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार इजरायलमा रोजगारीका लागि जान पाउने छन् ।

सूचनामा इजरायलमा रोजगारीका लागि जाने व्यक्तिहरु २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेको हुनु पर्ने छ । त्यस्तै उचाईमा १.५ मिटर र कामदारको तौल कम्तिमा ४५ केजी हुनुपर्ने मापदण्डमा उल्लेख छ । इजरायलको रोजगारमा जान १० कक्षा पास गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धि विषयमा कम्तिमा १५ महिना अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।

पहिला इजरायल गएकाहरूले भने यो प्रक्रियामा आवेदन दिन नपाउने सूचनामा उल्लेख गरिएको छ । सूचनाअनुसार आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ । यस अघिनै इजरायल र नेपालबीच श्रम सम्झौता भएर नेपालीहरुले इजरायलमा केयरगिभर पदमा रोजगारमा गईसकेका छन् । स्याहारका लागि जाने कामदारको तलब ५ हजार ८८० इजरायली सेकेल तोकिएको छ । जसको नेपाली रुपयाँ अनुसार २ लाख १० हजार तलब हुन्छ । रोजगारमा जोडिनेहरूले सातामा ४२ घण्टा काम गर्नुपर्ने छ ।

इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैँले मिलाउनुपर्ने हुन्छ भने आवासको प्रबन्ध रोजगारदाता व्यहोर्ने छन् । एक पटक रोजगारमा जाने कामदारको करार अवधि १ वर्षको हुने भए पनि करार थप्दै ५ वर्षसम्म इजरायल बस्न पाइने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal