Skip to content
Prabhu

डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ०० पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८ रुपैयाँ ३९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६५ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२ रुपैयाँ ७७ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७ रुपैयाँ १४ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ४० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९४ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal