Skip to content
Prabhu

सिफारिस समितिले सेज प्राधिकरणको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट माग्यो दरखास्त

काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ । सिफारिस समितिले योग्य तथा इच्छुक उम्मेदवारसँग दरखास्त आह्वान गरेकोे छ ।
आज बुधबार प्रकाशित सूचना अनुसार २१ दिनभित्र उद्योग मन्त्रालयको सरकारी तथा संस्थान शाखा सिंहदरबारमा दरखास्त दिन सक्ने जनाएको छ । उम्मेदवारको शैक्षिक योग्यता व्यवस्थापन, अर्थशास्त्र, इन्निनियर वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने छ ।

यस्तै, उम्मेदवार उद्योग, व्यापार, वाणिज्य, राजस्व प्रशासन, इन्जिनियरिङ वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्नै छ । कार्यकारी निर्देशकको पदावधी ४ वर्षको हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal