Skip to content
Prabhu

सुनको मूल्य सस्तियो, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले सस्तो भएको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अहिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८ सय १५ रुपैयाँ रहेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal