Skip to content
Prabhu

जेठ महनिामा २३ प्रतिशतले बढ्यो लघुजीवन बीमा कम्पनीको व्यवसाय

 

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा लघुजीवन बीमा कम्पनीहरुको व्यवसाय १३ करोड २७ लाख रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जेठ मसान्तसम्म ३ लघु जीवन बीमा कम्पनीको व्यवसाय १३ करोड २७ लाख ९९ हजार रुपैयाँ पुगेको हो।

तीन लुघ जीवन बीमा कम्पनीले जेठ महिनामा मात्रै ३ करोडभन्दा बढीको व्यवसाय गरेका छन् । लघु जीवन बीमा कम्पनीले वैशाख मसान्तसम्म १० करोड १९ लाख ५४ हजार रुपैयाँको व्यवसाय गरेका थिए । जेठ महिनामा लघु जीनव बीमा कम्पनीहरुले वैशाखको तुलनामा ३ करोड ८ लाख ४५ हजार रुपैयाँ बढीको व्यवसाय गरेका छन् । जेठ महिनामा लघु जीवन बीमा कम्पनीले २३.२२ प्रतिशतले आफ्नो व्यवसाय बढाएका हुन् ।

११ महिनाको अवधिमा लघु जीवन बीमा कम्पनीले ७७ हजार ३२० वटा बीमालेख जारी गरेका छन् । यो संख्या वैशाख महिनाको भन्दा २४ हजार ३३६ ले बढी हो । वैशाख महिनासम्म ५२ हजार ९९० वटा बीमालेख जारी गरेका थिए । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा लघु जीवन बीमा कम्पनीले १३ करोड २७ लाख २१ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने लघु जीवन बीमा कम्पनीमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले ११ महिनाको अवधिमा ७ करोड ८७ लाख ७५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अवधिमा कम्पनीले ४९ हजार ३१ वटा बीमालेख जारी गरेको छ । यो कम्पनीको जेठ महिनाको मात्रै व्यवसार १ करोड ४५ लाख ९ हजार रुपैयाँ रहेको छ ।

जेठ मसान्तसम्म गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ३ करोड २८ लाख ३४ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले यो अवधिसम्ममा २० हजार ८८९ वटा बीमालेख बिक्री गरेको छ । यो कम्पनीले जेठ महिनामा मात्रै ८१ लख ३८ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ महिनासम्म लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय २ करोड १० लाख ९० हजार रुपैयाँको रहेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ७ हजार ४०० वटा बीमालेख जारी गर्दै सो बराबरको बीमा शुल्क संकलन गरेको हो । यो कम्पनीले जेठ महिनामा मात्रै ७३ लाख १ हजार रुपैयाँको व्यवसाय गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal