Skip to content
Prabhu

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा मंगलबार इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण रावल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्तारक्षर गरेका हुन् ।

कम्पनीले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव कम्पनीको साधारणसभाबाट पारित भइसकेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal