Skip to content
Prabhu

सहकारीबाट गोर्खा मिडियाका नाममा गएको रकमको विवरण माग्ने छानबिन समितिको निर्णय

 

काठमाडौं । सहकारी छानबिनका लागि गठित संसदीय छानबिन समितिले गोर्खा मिडियाका नाममा रकम गएका भनिएको सहकारीहरुको विवरण झिकाउने निर्णय गरेको छ । बुधबार बसेको समितिको बैठकले ९ वटा सहकारीको कागजात सम्बन्धित निकायबाट माग गर्ने निर्णय गरेको हो ।

ती सहकारीका बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र विभिन्न सहकारीमार्फत गोरखा मिडियामा प्रवाह भएको रकम समेत माग गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए । उनले गोर्खा मिडियामा बिभिन्न सहकारीबाट प्रवाह भएको रकमका विषयमा समितिको चासो केन्द्रित रहेको बताए ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिले तीन महिनाको समय पाएको छ । गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने तत्कालीन समयमा प्रबन्ध निर्देशक थिए । उनी भएको समयमा नेटवर्कका अध्यक्ष गितेन्द्र बहादुर (जीबी) राईसहित लामिछानेले विभिन्न सहकारीबाट कानूनविपरीत कर्जा लिएका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal