Skip to content
Prabhu

रिलायन्स स्पीनिङले पायो ९४ करोडको आईपीओ निष्काशनको अनुमति

काठमाडौं । रिलायन्स स्पीनिङ मिल्सले आईपीओ जारी गर्नका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

यो कम्पनीले ९४ करोड ८८ लाख रुपैयाँको आईपीओ जारी गर्ने अनुमति पाएको हो । बोर्डले कम्पनीलाई बुक बिल्डिङका माध्यमबाट आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको आईपीओमा प्रतिकिता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्ने छ । रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँट गरिसकेको छ ।बुधबार बसेको बोर्डको बैठकबाट रिलायन्सलाई आईपीओ जारी गर्ने अनुमति दिइएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal