Skip to content
Prabhu

बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५० प्रतिशत

हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष बजेटमध्ये गत जेठ महिनासम्म जेठ महिनासम्ममा पुँजीगततर्फ ५० दशमलव ३१ प्रतिशत र चालुतर्फ ५४ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश सरकारले चालु आवका लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेकामा गत वैशाख मसान्तसम्ममा ४१ दशमलव २६ प्रतिशत र चैत मसान्तसम्ममा ३५ प्रतिशतभन्दा कम खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांक छ ।

प्रदेश सरकारले चालु आवको वैशाखसम्ममा कूल बजेटमध्ये २५ अर्ब ८७ करोड ६१ लाख १० हजार आठ सय ५३ रुपैयाँ खर्च गरेको थियो । चालु आवका लागि चालुतर्फ २६ अर्ब ४२ करोड १२ लाख ४५ हजार रुपैयाँ , पुँजीगततर्फ ३५ अर्ब ७८ करोड ७८ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

गत वैशाख महिनासम्म पुँजीगततर्फ ३८ दशमलव ३८ प्रतिशत, चालुतर्फ ४५ दशमलव ९५ प्रतिशत खर्च भएको थियो । बजेट खर्चमा कमजोर रहेको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट खर्च भएको छैन । वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट विगतका वर्षमा खर्चअनुसार उपलब्धि नदेखिएकाले चालु आवमा खर्च नगरिएको जनाउँदै आएको मन्त्रालयले आगामी आवमा पनि वित्तीय व्यवस्थातर्फ बजेट विनियोजन गरेको छ ।

काम सम्पन्न भएका योजनाको भुक्तानी, बिल फरफारकलगायतका काम असार महिनामा पनि हुने र खर्च प्रतिशत बढ्ने मन्त्रालयको दाबी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal