Skip to content
Prabhu

सानिमा बैंकको ४९ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्रीमा

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयरधनी बद्रीप्रसाद पाण्डेको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयरको न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ तोकिएको छ । सो सेयरमा आवेदन दिँदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

सेयर संस्थापक सेयरधनीहरुबाट खरिदपछि कम्पनीले अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको सूचनामा उल्लेख गरेको छ । सेयर खरिदका लागि अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेस गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal