Skip to content
Prabhu

भविष्यको शंका भएका फाइनान्स कम्पनीमा सेयर लगानीकर्ताको मोह, सञ्चिति नोक्सानी धेरै हुनेको मूल्य बढी

काठमाडौं । फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था अरूको भन्दा निकै कमजोर छ । तर, पछिल्लो समयमा भने नेप्सेको दोस्रो बजारमा फाइनान्स कम्पनीको सेयर मूल्य उच्च अंकले बढिरहेको छ ।

सेयर मूल्य बढिरहेका फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था भने निकै कमजोर रहेको छ । यो अवस्था आउनुको मुख्य कारण माग र आपूर्ति भएको लगानीकर्ताहरूको भनाइ छ । बजारमा थोरै मात्रै सेयर संख्या उपलब्ध रहेकाले वित्तीय अवस्था कमजोर भए पनि लगानीकर्ताको मोहका कारण फाइनान्स कम्पनीको सेयर मूल्य बढिरहेको लगानीकर्ता बताउँछन् ।

नेप्सेमा सूचीकृत भएका १५ वटा फाइनान्समध्ये ११ वटा फाइनान्सको सञ्चित नोक्सान उच्च देखिन्छ । तर ती फाइनान्सको सेयर मूल्य भने उच्च अंकले बढिरहेको छ । पछिल्लो एक महिनाको अन्तरमा नेपाल फाइनान्स फाइनान्सको सेयर मूल्य ४५.३४ प्रतिशत बढेको छ । जेठ १३ को कारोबार दिन ५०८ रुपैयाँ १ पैसामा कारोबार भएको फाइनान्सको सेयर मूल्य बुधबार बिहीबार असार १३ गते ९२९ रुपैयाँ ७० पैसा पुगेको छ ।

चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार सञ्चित नोक्सानी २२ करोड २० लाख रुपैयाँ पुगेकाले सो कम्पनीले लाभांश दिने सम्भावना छैन । नेपाल फाइनान्स जस्तै सञ्चित नोक्सानीमा गोर्खाज् फाइनान्स पनि छ । गोर्खाज्को पनि चैत मसान्तसम्म यो कम्पनीको सञ्चित नोक्सानी ६२ करोड ४० लाख छ । गोर्खाज्को मूल्य पनि पछिल्लो एक महिनाको अवधिमा ८.०६ प्रतिशतले बढेको छ । जेठ १३ गते ६७३ रुपैयाँ प्रतिकित्ता रहेको सेयर मूल्य बिहीबारको कारोबार बन्द हुँदा ७११ रुपैयाँ पुगेको छ ।

फाइनान्स कम्पनीको सञ्चित नोक्सानी बढेसँग यसको प्रभाव कम्पनीले वितरण गर्ने लाभांशमा पर्छ । चुक्ता पुँजी कम भए पनि बजारमा कम सेयर उपलब्ध भएका कारण लगानीकर्ताहरू त्यसतर्फ आकर्षित भएकाले फाइनान्सको सेयर मूल्यमा वृद्धि भइएको लगानीकर्ताको भनाइ छ । सञ्चित नोक्सानीमा रहेका फाइनान्सहरू कुनै पनि हालतमा सञ्चालन हुने सक्ने अवस्था देखिँदैन । कुनै पनि कम्पनी सहज रूपमा सञ्चालन हुनका लागि नाफामा जानुपर्ने हुन्छ । तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको विवरणअनुसार अधिकांश फाइनान्स घाटामा छन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको विवरणअनुसार समृद्धि फाइनान्सको सञ्चित नाफा ४६ करोड २० लाख रुपैयाँले ऋणात्मक रहेको छ । यो कम्पनीले पनि आफ्ना सेयर धनीलाई लाभांश दिने सम्भावना छैन । बिहीबारको कारोबार बन्द हुँदा समृद्धिको सेयर मूल्य ४३१ रुपैयाँ ६० पैसा पुगेको छ । यो कम्पनीको सेयर मूल्यमा एक महिनाको अवधिमा २०.४५ प्रतिशले वृद्धि भएको छ । एक महिनाअघि जेठ १३ मा यो कम्पनीको सेयर मूल्य ३४३ रुपैयाँ ३ पैसा रहेको थियो । बिहीबारको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ८८ रुपैयाँ ३ पैसाले बढेर ४३१ रुपैयाँ ६० पैसा पुगेको हो ।

पछिल्लो समय फाइनान्स कम्पनीको सेयर मूल्य लगातार जसो बढिरहेको छ । बुधबार भने समग्र बजार घट्दा पनि फाइनान्स उपसमूह सेयर बढेको थियो ।
चैत महिनासम्मको तथ्यांकअनुसार प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सञ्चित नोक्सानी ३४ करोड ९० लाख रुपैयाँ रहेको छ । बिहीबार यो कम्पनीको सेयर मूल्य ४०५ रुपैयाँमा कारोबार बन्द भएको छ । समग्रमा एक महिनाको अवधिमा यो फाइनान्सको सेयर मूल्यमा १६.५४ प्रतिशतको वृद्धि भएको छ । जेठ १३ मा ३३८ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयर मूल्य बिहीबार ४०५ रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा यो कम्पनीको सेयर मूल्य ६७ रुपैयाँले बढेको छ । यो कम्पनीको बजार पुँजीकरण ३ अर्ब ४४ करोड ७२ लाख ३३ हजार ३५० रुपैयाँ रहेको छ ।

चैत महिनासम्म जानकी फाइनान्सको सञ्चित नोक्सानी ३४ करोड ९० लाख पुगेको छ । यो कम्पनीको सेयर मूल्य केही दिन अघिसम्म लगातार १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो । बिहीबार यो फाइनान्स कम्पनीको सेयर मूल्य ५८५ रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा यो कम्पनीको सेयर मूल्यमा ५.२९ प्रतिशतले बढेको छ । आज भन्दा एक महिना अघि जेठ १३ मा ५५४ रुपैयाँ ८ पैसा रहेको सेयर मूल्य बुधबार ५८५ रुपैयाँ पुगेको छ ।

यता गुडविल फाइनान्सको सेयर मूल्य एक महिनाको अवधिमा सेयर मूल्यमा २५.०५ प्रतिशतको वृद्धि भएको छ । एक महिनाको अवधिमा यो कम्पनीको सेयर मूल्य १२५ रुपैयाँले बढेको छ । जेठ १३ गतेको कारोबार दिनमा ४७४ रुपैयाँमा कारोबार बन्द भएको यो कम्पनीको सेयर मूल्य आज (बिहीबार) ५९९ रुपैयाँ पुगेको छ । चैत मसान्तसम्मको विवरणअनुसार यो कम्पनीको सञ्चित नोक्सानी ३१ करोड ७० लाख रुपैयाँ पुगेको छ । यसको बजार पुँजीकरण ५ अर्ब ३८ करोड ११ लाख ३३ हजार ३६४ रुपैयाँ रहेको छ ।

चैत महिनासम्मको विवरणअनुसार सञ्चित नाफा ऋणात्मक रहेको अर्को फाइनान्स हो बेष्ट फाइनान्स । यो कम्पनीको सञ्चित नोक्सानी ३१ करोड ६० लाख रुपैयाँ रहेको छ । एक महिनाको अवधिमा मात्रै यो कम्पनीको सेयर मूल्यमा १२.२३ प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य जेठ १३ को कारोबारमा ४०९ रुपैयाँ रहेको थियो । बिहीबारको कारोबार बन्द हुँदा यो फाइनान्सको सेयर मूल्य ५७ रुपैयाँले बढेर ४६६ रुपैयाँ पुगेको छ ।
त्यस्तै बिहीबार पोखरा फाइनान्सको सेयर मूल्य ६२१ रुपैयाँ रहेको छ । यो कम्पनीको सेयर मूल्य भने एक महिनाको अवधिमा घटेको छ । यो कम्पनीको सेयर मूल्य एक महिनाको अवधिमा ६९ रुपैयाँले घटेको छ । जेठ १३ गते यो कम्पनीको सेयर मूल्य ६९० रुपैयाँ रहेको थियो । यो कम्पनीको चैत महिनासम्मको सञ्चित नोक्सानी २८ करोड ६० लाख रुपैयाँ रहेको छ ।
पछिल्ला दिनमा लगातार रुपमा सेयर मूल्य बढीरहेको फाइनान्स कम्पनी हो नेपाल फाइनान्स कम्पनी लिमिटेड । यो कम्पनीको मूल्य बिहीबार १० प्रतिशतले घट्दा पनि ९२९ रुपैयाँ ७० पैसामा कारोबार बन्द भएको छ । पछिल्ला दिनमा नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य उच्च अंकले बढेको छ । पछिल्लो एक महिनाको अन्तरमा यो फाइनान्सको सेयर मूल्य ४५.३४ प्रतिशत बढेको छ । जेठ १३ को कारोबार दिन ५०८ रुपैयाँ १ पैसामा कारोबार भएको फाइनान्सको सेयर मूल्य बिहीबार असार १३ गते ९२९ रुपैयाँ ७० पैसा पुगेको छ । एक महिनाको अवधिमा यो कम्पनीको सेयर मूल्य ४२१ रुपैयाँ ६ पैसाले बढेको छ ।
बिहीबारको कारोबार बन्द हुँदा रिलायन्स फाइनान्सको सेयर मूल्य ४१८ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ । फाइनान्सको सेयर मूल्य पछिल्लो एक महिनाको अवधिमा यो कम्पनीको सेयर मूल्य ४ रुपैयाँले घटेको देखिन्छ । जेठ १३ को कारोबारमा यो कम्पनीको सेयर मूल्य ४२२ रुपैयाँ १ पैसा रहेको थियो । सोमबार भने यो कम्पनीको सेयर मूल्य ४५४ रुपैयाँ पुगेको थियो । यो कम्पनीको सञ्चित नोक्सानी पनि १५ करोड ३० लाख रहेको छ ।

त्यस्तै सेन्टल फाइनान्स कम्पनीको सेयर मूल्य पनि पछिल्ला दिनहरूमा बढीरहेको छ । तर यसको सञ्चित नोक्सानीको पनि चैत महिनासम्म उच्चनै रहेको छ । पछिल्लो एक महिनाको अवधिमा यो कम्पनीको सेयर मूल्य १४.३२ प्रतिशतले बढेको छ । जेठ १३ मा ३९० रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य बिहीबारको कारोबार बन्द हुँदा ६५ रुपैयाँ २ पैसाले बढेर ४५५ रुपैयाँ २० पैसा पुगेको छ । सेयर मूल्यमा भारी वृद्धि भएको यो कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार यो फाइनान्सको सञ्चित नोक्सानी भने चैत महिनासम्म ९ करोड २० लाख रुपैयाँ पुगेको छ ।

 

त्यस्तै सञ्चित नाफा ऋणात्मक भएको अर्को फाइनान्स कम्पनी हो गुह्रेश्वरी । यो कम्पनीको सञ्तिन नोक्सान २ करोड ९० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ नोक्सानीमा रहेको यो फाइनान्सको सेयर मूल्य ६.५९ प्रतिशतले वृद्धि भएको छ । बिहीबार ४४० रुपैयाँमा कारोबार बन्द भएको छ । यो कम्पनीको सेयर मूल्य जेठ १३ मा ४११ रुपैयाँ रहेको थियो । एक महिनामा यो कम्पनीको सेयर प्रतिकित्ता २९ रुपैयाँले बढेको हो ।

माग र आपूर्तीले सेयर मूल्यमा प्रभाव पारेकाले फाइनान्सको सेयर मूल्य बढेको लगानीकर्ता तिलक कोइरालाको भनाइ छ । लगानीकर्ताहरूले आपूर्ती कम भएको क्षेत्रमा कम्पनी खराब भए पनि आकर्षित भएकाले फाइनान्सको सेयर मूल्य बढ्न गएको उनले बताए । ‘बजारमा सप्लाइ धेरै भएका राम्रा कम्पनीको सेयर मूल्य बढ्न सकेको छैन । तर, कम सप्लाइ भएका कम्पनीको सेयर मूल्य बढिरहेको छ । यो अवस्था आउनुको कारण लगानीकर्ताको मनोवैज्ञानि प्रभावले हो,’ उनले भने ।

फाइनान्समा यो अवस्था आउनुको मुख्य कारण माग र आपूर्तिको असन्तुलन रहेको उनको भनाइ छ । नेपालको सेयर बजारमा संस्थाको वित्तीय अवस्थाले सेयर मूल्यमा कुनै पनि प्रभाव नपर्ने उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal