Skip to content
Prabhu

टायर रिसाइक्लि गर्ने पोखराको स्टार्टअप बन्यो यस वर्षको स्टार्टअप वर्ल्डकप नेपाल च्याम्पियन

काठमाडौं । पोखराका स्टार्टअपहरुले ल्याएको टायर रिसाइकल गर्ने स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न स्टार्टअप वर्ल्डकपको नेपालको फाइनलमा पोखराको स्टार्टअप टीआरएफ अपसाइकल्स नेपाल च्याम्पियन घोषित भएको हो ।
स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वल्र्डकपको नेपालको फाइनलमा बिहीबार उत्कृष्ट १० स्टार्टपले आफ्नो आईडिया पिच गरेका थिए । सहभागी टप १० मध्ये ९ लाई पछि पार्दै टीआरएफ नेपाल च्याम्पियन हुन सफल भएको हो ।
यसपटक पहिलो चोटी स्टार्टअव वल्र्ड कपको संस्थापक कम्पनीका पार्टनर जस्टिन ज्याक्सन नेपालको फाइनलका लागी आएका थिए । उनले नेपालको स्टार्ट ईकोसिस्टम राम्रो बनाउनुपर्ने कुरामा जोड दिए।
स्टार्टअप वल्र्डकप नेपाल फाईनलको उद्घाटन गर्दै उद्योगमन्त्री दामोदर भण्डारीले सरकार स्टार्टअपलाई प्रोत्साहन गर्न एक कदम अघि बढिसकेको बताए । त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले स्टार्टअप आजको आवश्यकता भएको र यसमा सरकारले विशेष सहयोग गर्नुपर्ने बताए ।
त्यसैगरी उद्योग सचिव कृष्णबहादुर राउतले नेपालको विकासमा स्टार्टअपलाई साथ लिएर अघि बढ्न मन्त्रालय तयार रहेको बताए ।
त्यसैगरि अमेरिकी दूतावासका राजनीति तथा अर्थशास्त्र विभागका प्रमुख मार्क टेम्पलरले अमेरिकाले उद्यमशिलतामा धेरै सफलता हाँसिल गरेको र आफुहरुले नेपालमा पनि उद्यमशीलताको क्षेत्रमा सहयोग गरिरहेको बताए । त्यसैगरी काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शन्तोष बुढाथोकीले स्टार्टअप देश विकासका लागी अपरिहार्य रहेको बताए ।

विश्वभरका लगभग १ सय देशमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो ।

विजयी काफ्लेले अमेरिकाको सिलिकन भ्यालिमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal