Skip to content
Prabhu

शुक्रबार सुन तोलामा १ हजार र चाँदी १० रुपैयाँले बढ्यो

 

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य शुक्रबार सामान्य बढेको हो । आज सुन तोलामा १ हजार रुपैयाँ र चाँदी १० रुपैयाँले महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन तोलामा १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal