Skip to content
Prabhu

प्रकाशराज शर्मा एनआईसी एसिया लघुवित्तको अध्यक्षमा चयन

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन् । लघुवित्तको बिहीबार सबेको सञ्चालक समितिको बैठकले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
बिहीबार नै शर्मा सञ्चालकमा नियुक्त भएका थिए । संस्थाको बिहीबार नै बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पदमा नियुक्त गरेको थियो ।

सञ्चालक समितिमा सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अध्यक्ष सुवर्ण पौडेलले असार ६ गतेबाट लागु हुने गरी राजिनामा दिए पछि उक्त रक्त स्थानमा उनलाई नियुक्त गरिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal