Skip to content
Prabhu

देश विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्छः कृषिमन्त्री ज्वालाकुमारी साह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी सहाले देशको विकासका लागि कृषिमा लगानी बढाउनुपर्ने बताएकी छिन् । कृषि मन्त्रीले साहले देशका सबै क्षेत्रले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भन्दै कृषिलाई विकास गर्न सकिने भने देशको समग्र विकास हुन नसेको उनको भनाइ छ ।

कम्तिमा १०÷१५ वर्ष सबै क्षेत्रले कृषिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । ‘सबैको तनमनले कृषि क्षेत्रलाई प्राथमिकता दिएको खण्डमा मात्रै देश अगाडि बढ्न सक्छ अन्यथा देश अघि बढ्नका लागि निकै समस्या हुन्छ,’ उनले भनिन् । मन्त्रालयमा बजेट कम भए पनि परिणाम देखिने गरी काम गर्ने योजनामा रहेको उनको भनाइ थियो ।

कृषि दशक घोषणा भए पनि बजेट परम्परागत नै आएको भन्दै थोरै बजेटबाट नै परिणाम देखिने गरि काम गर्ने उनको प्रतिबद्धता थियो । ‘कृषि दशको सुरुवाता मधेस प्रदेशबाट सुरु हुन्छ । उत्पादन हुने क्षेत्र भएकाले मधेशबाटै कृषि दशको सुरुवात हुन्छ,’ उनले भनिन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal