Skip to content
Prabhu

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बीमा प्राधिकरणको शरणमा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओे) विजयबहादुर शाह आफूलाई अन्याय भएको भन्दै बिमा प्राधिकरणको शरणमा पुगेका छन् । आफूलाई अव्यावहारिक ढंगले पदमुक्त गरेको भन्दै शाह शुक्रबार बीमा प्राधिकरणमा निवेदन दिएका हुन् ।

शाहले प्राधिकरणमा निवेदन दिएको प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए । ‘बोर्डले हटाएपछि शाहले प्राधिकरणमा निवेदन दिएको अवस्था छ । निवेदनमा के कुरा छ भन्ने विषयमा जानकारी छैन,’ उनले भने । प्रवक्ता सुवेदीले शाहले दिएको निवेदन हेरेपछि मात्र कसरी अघि बढ्ने भन्न सकिने लगानी न्युजलाई जानकारी दिए ।

शाहलाई कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पदमुक्त गरेको थियो । २०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्ति पाएका शाहको कार्यकाल पूरा हुन डेढ वर्षभन्दा बढी अवधि बाँकी छँदै उनलाई सञ्चालक समितिको बुधबारको बैठकले बिहीबारदेखि लागू हुने गरी पद मुक्त गरी दिएको हो ।

शाह यसअघि नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा सीईओ भएर काम गरेका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal