Skip to content
Prabhu

फेसबुकबाटै काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित, यस्तो स्टाटस लेखे मेयर बालेनले

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज बिहान ८ बजे बोलाइएको नगरसभाको बैठक बस्न नसकेको हो ।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो । तर, बैठकमा तीन घण्टा भइसक्दा पनि मेयर बालेन नै आएनन् । तर, बालेनले आज नै सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नगरसभा स्थगित गरेको जानकारी दिएका थिए ।

शुक्रबार दिउँसो मेयर बालेनले स्टाटस लेख्दै एमाले कांग्रसमाथि नै आज बस्ने नगरसभा बैठक रोकेको आरोप लगाएका छन् । हरेक वर्ष बीपी कोइराला र मदन भण्डारीको नाममा कार्यक्रम गर्न महानगरले बजेट छुट्याए पनि यो वर्ष भने मेयर बालेनले उक्त प्रस्ताव अस्विकार गरेपछि नगरसभा स्थगित भएको हो ।

तर, बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा बजेट छुट्याइनुपर्ने र कार्यक्रम गर्ने प्रस्ताव राखेको बताएका छन् । जसमा अन्य प्रतिनिधि सहमत नभएपछि सभा रोकिएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘एमाले कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौं भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा कांग्रेस एमाले नेताहरूको योगदान धेरै देख्नुभयो होला । त्यसपछि, आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal