Skip to content
Prabhu

एनएमबि बैंकले व्यवसाय अभिवृद्धिमा जोड दिँदै सातै प्रदेशमा एमएसएमई दिवस मनाइयो

काठमाडौं । एनएमबि बैंकले ‘एमएसएमई दिवस–२०२४’ मनाएको छ । बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।

कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८ सयभन्दा बढी ग्राहकको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहकहरुलाई लेखा, बित्त, मार्केटिङ, डिजिटलाइजेसन जस्ता विषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो ।

यस कार्यक्रमा उपस्थित ग्राहकहरु बिच एक आपसमा सम्बन्ध जोड्न र उनिहरुको ब्यवसाय प्रवर्दन गर्नको लागि बैंकले सहजीकरण गर्दै ग्राहकहरुलाई उनीहरुको व्यवसायमा आइपरेको बिभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरुले आफ्नो सफलतका कथाहरु समेत सुनाएको थियो ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको बैंकले, एमएसएमई दिवस बिगत ३ बर्षदेखि मनाउँदै आईरहेको छ ।

यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफूलाई शसक्त बनाएर आफ्नो ब्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ । एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

एनएमबि बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal