Skip to content
Prabhu

साताको सेयर : परिसूचक १६ अंकले घट्यो, औसत कारोबारमा वृद्धि

काठमाडडौं । यो साता नेप्से परिसूचक १६ अंक भन्दा बढीले घटेर बन्द भएको छ । साताभरको कारोबारमा नेप्से परिसूचक १६ दशमलव ३९ अंकले घटेर बन्द भएको हो ।

यो गत साताको भन्दा ०.७९ प्रतिशतले कम हो । गत साता २०६८ दशमलव ३१ विन्दुमा रहेको नेप्से परिसूचक यो सता घटेर २०५१ द्यशमलव ९२ विन्दुमा कायम भएको छ । यो साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो । यस साता सोमबार र मंगलबार नेप्से सामान्य अंक बढेको थियो । बाँकी तीन कारोबार दिन भने नेप्से घटेको थियो ।

त्यस्तै यो साता सेन्सेटिभ इण्डेक्स ३ दशमलव ८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ५१ अंक घटेको छ । नेप्से घटेपनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १.९५ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयरसंख्या २.०१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १.४४ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण रहेकोमा यो साता २६ अर्बले घटेर ३२ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यो साता १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ । गत साता २३४० दशमलव ७६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साा ८२ दशमलव ५१ अंक बढेर २४२३ दशमलव २७ विन्दुमा पुगेको छ। अरु ४ उपसमूहको परिसूचक भने यस साता सामान्य अंक बढेको छ ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत घटेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७८ दशमलव ५८ अंक घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal