Skip to content
Prabhu

११ महिनामा जीवन बीमा गराउनेमा बागमती प्रदेशमा बढी

काठमाडौं । नेपालमा बीमा गराउनुपर्ने आवश्यकता सहरमा भन्दा गाउँमा बढी छ । नेपालमा दुर्गममा बीमा गराउनेको संख्या निकै कम रहेको तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा बीमा गराउनेको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ भने कम कर्णाली प्रदेश रहेको छ ।

बागमती प्रदेश संघीय राजधानीसमेत भएकाले अन्य प्रदेशको तुलनामा सुविधासम्पन्न भएकाले पनि यो प्रदेशमा बीमा गराउने बढी छन् । यो प्रदेशमा अन्यको तुलनामा साक्षरता प्रतिशत पनि उच्च नै रहेको छ । जसको परिणाम यो प्रदेशमा बीमा गाराउनेको संख्या पनि उच्च नै रहेको छ । यो प्रदेशमा जीवन बीमा गराउनेको संख्या देशभरको संख्याको ७१ प्रतिशत रहेको छ भने निर्जीवन बीमा गराउनेको संख्या ४२ प्रतिशतभन्दा बढी रहेको छ ।

सबैभन्दा ठूलो क्षेत्रफमा फैलिएको र जोखिमका हिसावले पनि सबैभन्दा धेरै जोखिमपूर्ण रहेको यो प्रदेशमा बीमा गराउनेको संख्या अत्यन्त कम रहेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

देशको दुर्गम क्षेत्रमा पर्ने प्रदेशमा बीमाको पहुँच निकै कम देखिन्छ अन्य प्रदेशको तुलनामा । बीमाको आवश्यकता बढी भएको प्रदेश भए पनि बीमा गराउनेको संख्याका हिसावले भने कर्णाली निकै पछि रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार कर्णाली प्रदेशमा निर्जीवन बीमालेख निकै कम रहेका छन् । जेठ मसान्सम्मको अवधिमा कर्णालीमा जम्मा ५६ हजार ५८ वटा बीमालेख जारी भएको तथ्यांकले देखाएको छ । यो जम्मा निर्जीवन बीमालेख संख्याको २.०६६ प्रतिशत मात्रै हो ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २७ लाख १३ हजार ७१ वटा बीमालेख जारी भएका छन् । यो लघु निर्जीवन बीमा कम्पनीको बीमालेख समेतको तथ्यांक हो ।

बीमाको आवश्यकता सबैभन्दा बढी कर्णालीमा नै रहेको छ । तर, बीमा गर्ने परिपाटी भने कर्णालीमा निकै कम देखिएको तथ्यांकले देखाएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा निर्जीवन बीमालेख सबैभन्दा बढी बागमती प्रदेशमा जारी भएका छन् । जेठ मसान्तसम्म बागमती प्रदेशमा सबैभन्दा धेरै ११ लाख ६४ हजार २१९ वटा बीमा लेख जारी भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । यो जम्मा बीमालेखको ४२.९१ प्रतिशत हो । बागमती पछि धेरै निर्जीवन बीमालेख जारी हुने प्रदेश लुम्बिनी हो । लुम्बिनीमा जम्मा बीमा लेखको १६.२३ प्रतिशत बीमालेख जारी भएको छ । जेठ मसान्तसम्म लुम्बिनी प्रदेशमा ४ लाख ४० हजार ४६२ वटा बीमा लेख जारी भएका छन् ।

कोशी प्रदेशमा १२.७२ प्रतिशत बीमालेख जारी भएका छन् । जेठ मसान्तसम्म यो प्रदेशमा ३ लाख ४५ हजार २८० वटा बीमालेख जारी भएका छन् । त्यस्तै मधेश प्रदेशमा १०.८० प्रतिशत अर्थात् २ लाख ९३ हजार २६८ बीमा लेख जारी भएका छन् । सुदूरपश्चिम प्रदेशमा पनि ११ महिनाको अवधिमा १ लाख ३९ हजार ३४६ वटा बीमा लेख जारी भएका छन् । यो जम्मा संख्याको ५.१३ प्रतिशत हो ।

जीवन बीमाको हिस्सा १.४३ प्रतिशत मात्रै

कर्णालीमा निर्जीवन बीमाको मात्रै होइन जीवन बीमा गराउनेको संख्या पनि निकै कम रहेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कर्णाली प्रदेशमा जम्मा सक्रिय जीवन बीमालेखको संख्या अन्य प्रदेशको भन्दा निकै कम रहेको छ । यो प्रदेशमा जेठ महिनासम्म जम्मा १.४३ प्रतिशत सक्रिय जीवन बीमालेख रहेका छन् । कर्णाली प्रदेशमा जेठ महिनासम्मको अवधिमा सक्रिय जीवन बीमा गराउनेको संख्या २ लाख २ हजार ५६९ रहेको छ ।

निर्जीवन बीमा जस्तै जीवन बीमा गराउनेको संख्या पनि बागमती प्रदेशमा सबैभन्दा धेरै रहेको छ । बागमती प्रदेशले जम्मा सक्रिय बीमालेख संख्याको झन्डै दुईतिहाइ हिस्सा ओगटेको छ । जेठ महिनासम्मको विवरण अनुसार बागमति प्रदेशमा संक्रिय बीमालेख ७१.६४ प्रतिशत रहेको छ । बागमतिमा सक्रिय बीमालेखको संख्या १ करोड ९४ हजार ४७१ रहेको छ । जबकी जेठ महिनासम्मको तथ्यांक अनुसार १ करोड ४० लाख ८९ हजार ६२२ वटा सक्रिया बीमालेख जारी भएका छन् ।

जेठ महिनासम्मको अवधिमा कोशी प्रदेशमा ११ लाख ५३ हजार ४७५४ वटा सक्रिय बीमालेख जारी भएका छन् । यो जम्मा संख्याको ८.१८ प्रतिशत हुन आउँछ । त्यस्तै यो अवधिमा मशेध प्रदेशमा ५ लाख ८६ हजार ४१४ वटा बीमालेख जारी भएका छन् । यो जम्मा संख्याको ४.१६ प्रतिशत हो ।

गण्डकी प्रदेशमा पनि जीवन बीमा गराउनेको संख्या निकै कम हरेको छ । यो प्रदेशमा जेठ महिनासम्म जम्मा ५ लाख ३८ हजार ७४९ वटा बीमालेख जारी भएका छन् । यो कुल संख्याको ३.८२ प्रतिशत हो । लुम्बिनी प्रदेशमा जेठ मसान्तसम्म ९ लाख ९४ हजार ९३७ वटा बीमालेख जारी भएका छन् । यो कुल संख्याको ७.०६ प्रतिशत हुन आउँछ । त्यस्तै सुदुरपश्चिम प्रदेशमा पनि जेठ महिनासम्म जम्मा ३.६८ प्रतिशत बीमालेख जारी भएका छन् । ११ महिनाको अवधिमा सुदूरपश्चिममा ५ लाख १९ हजार ८ वटा बीमालेख जारी गरेका छन् ।

बीमा गराउनको संख्या गाउँमा कम हुनु बीमाको विषयम बुझाउन नसक्ने मुख्य कारण रहेको बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘साक्षरताको कमीले गर्दा ग्रामिण क्षेत्रमा बीमा गराउनेको संख्या बढ्न सकेको छैन, आम नागरिकलाई बीमाको दायरमा ल्याउनका लागि बीमाको महत्वको बारेमा बुझाउनु पर्छ,’ उनले भने । बीमा प्राधिकरणले कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा जानका लागि प्रोत्साहन गरेको भए पनि परिणाम देखिने गरी काम हुन नसकेको उनको भनाइ छ ।

पछिल्लो समय दुर्गमका नागरिकलाई समेट्नका लागि लघु बीमाहरुलाई अनुमति दिइएको उनले बताए । लघु बीमा कम्पनीहरुले गाउँगाउँमा गएर बीमाको विषयमा प्रचार प्रसार गरेको खण्डमा बीमाको दायरामा आउनेको संख्या बढ्ने उनको भनाइ छ । बीमा गराउने तर्फ राज्यको पनि ध्यान जान नसकेको उनले बताए । राज्यले नै बीमाको विषयमा जानकारी गराउनु पर्ने उनको भनाइ छ । ‘राज्यले बीमाको विषयमा राम्रोसँग बुझाएर बीमा गराउँदा बाढी पहिरो लगायतका कारण भएको क्षेति बीमा कम्पनीले व्यहोर्ने हुन्छ । जसले गर्दा नागरिक र राज्य दुवैलाई फाइदा हुन्छ,’ उनले भने ।

बीमाका विषयमा आम नागरिकभन्दा पनि जनप्रतिनिधीहरुलाई नै पहिले बुझाउनु पर्ने अवस्था रहेको बीमा प्राधिरण सुदुरपश्चिम प्रदेशका प्रमुख हृदयेश्वर पण्डितको भनाइ छ । पश्चिम सबै क्षेत्रमा पछि परेको अवस्था छ । यहाँका अधिकांश नागरिकलाई बीमाको बारेमा जानकारी नै छैन । अझ निर्जीवन बीमाको विषयमा त किसानहरु वेखर जस्तै छन्,’ उनले भने ।

बीमाका फाइदाका विषयमा आम नागरिकलाई बुझाउने तर्फ काम गरिरहेको भन्दै स्थानीय जनप्रतिनिधिहरुलाई पनि यस विषयमा जानकारी गराउने काम गरिरहेको उनको भनाइ छ । ‘घर, सम्पत्ति, जीवन बीमाका विषयमा आम नागरिकलाई प्रष्टसँग बुझाउन सकिएन भने बीमाको दायर बढाउन सकिँदैन,’ उनले भने ।

अर्कोतर्फ अभिकर्ताको बदमासिका कारण पनि केही समस्या भएको उनको भनाइ छ । नागरिकको आवश्यकताभन्दा पनि अभिकर्ताको बकाउमा परेर बीमा गर्दा समस्या हुने गरेको र त्यसले गर्दा अन्य व्यक्तिमा पनि त्यसको नकारात्मक प्रभाव परेको उनले बताए । ‘कुन बीमा गर्दा के फाइदा हुन्छ र कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा पहिले प्रशिक्षण दिन जरुरी छ,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal