Skip to content
Prabhu

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो । सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एसिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली– ११, काठमाडौंमा आवेदन दिन सक्ने छन् । विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताहरुले एनआईसी एसिया बैंकको विराटनगर–३, मोरङ, आदर्शनगर, वीरगन्ज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेत कार्यालयबाट पनि आवेदन दिन सक्ने छन् ।

सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण सेयर संख्याको लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal