Skip to content
Prabhu

रिडी पावर कम्पनीको अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त

 

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको सञ्चाक समिति अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त भएका छन् । अध्यक्ष सञ्जीव न्यौपानले पदबाट राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो ।

निर्वतमान अध्यक्ष न्यौपानेले कार्यव्यस्तताको कारण देखाएर पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै नेपाललाई अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी प्रबन्ध सञ्चालकमा सोनतोष अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार १४ गते बसेको बठैकले उनलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीले रिक्त रहेको पदमा उनलाइ नियुक्त गरेको जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal