Skip to content
Prabhu

अत्याधुनिक अनलाइन टिकेटिङ पोर्टल इसेभेनस्टार डटकम सञ्चालनमा

काठमाडौं । अनलाइन टिकेटिङ पोर्टल इसेभनस्टार डटकम सञ्चालनमा आएको छ । सजिलो र छिटो टिकट काट्न सकिने र जनुसुकै गन्तव्यको हवाई टिकट काट्नका लागि भरपर्दो पोर्टलका रूपमा इसेभेन स्टार सञ्चालनमा आएको हो ।

नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स एक अत्याधुनिक तथा सुविधा सम्पन्न अनलाइन ट्राभल एजेन्सीका रूपमा औपचारिक रूपमा असार १३ गते शुभारम्भ भएको होे ।

सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेसनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरिएको कम्पनीले जनाएको छ । सेवा शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले विश्व बजारमा पहुँच पुगेको बताए ।

‘विश्व डिटिटलाइजेसनतर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाइन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ’ उनले भने, ‘यस इसेभेन स्टारको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोला भन्छन्, ‘यस सँगै हाम्रो पहुँच विश्व भरको बजार र विश्व भर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ । यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो ।’

लामो समयको शोध तथा अनुसन्धानपश्चात् सञ्चालनमा ल्याइएको सेभेनस्टार डटकम (धधध।भकभखभलकतबच।अयm) मार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आफैंले काट्न सक्नेछन् भने आवश्यक परेको खण्डमा २४ सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् ।

अनलाईनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको छ ।

अब साना ट्राभल एजेन्सीले जिडिएस सिस्टम चलाउन सिक्नै नपर्ने भएको छ । सोही मूल्यमा सिधै भकभखभलकतबच.अयm को विजनेस टु विजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई वेच्न सकिने अवस्था बनेको हो । सस्तो एअर फेयरका अलावा, प्रतिबद्ध ग्राहक सेवा र निरन्तरको विस्तारले सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले आफूलाई आम ग्राहकमाझ विश्वासिलो टिकेटिङ सेवा प्रदायकको छवि बनाउन सफल भएको हो ।

स्थापनाको एकदशक पुरा गर्दै गर्दा हरेक बर्ष दर्जनौं वायुसेवा कम्पनीबाट विभिन्न विधामा पुरस्कृत हुँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले हालै क्याथे प्यासिफिक एयरवेज, श्रीलंकन एयरलाइन्स्, मलेसिया एयरलाइन्स तथा थाई एयरवेजबाट उत्कृष्ठ ट्राभल एजेन्सी अवार्ड हात पार्न सफल भएको छ ।

नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा आधिपत्य जनाउँदै आएको सेभेनस्टार इन्टरनेसनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकहरूलाई टिकेटिङ सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदनको सेवासमेत प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal