Skip to content
Prabhu

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली

काठमाडौं । नेपाल सुनचाँदी ब्यसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली विजयी भएका छन् । निर्वाचनमा विपिन रामुदामुलाई पराजित गर्दै सराइली अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचनमा रसाइलीले २५० मत पाए भने उनको प्रतिस्पर्धी रामुदामुले १८४ मत मात्रै प्राप्त गरे । महासंघको असार १४ र १५ गते काठमाडौंमा चौथो महाधिवेशन र ९ औं, १० औं र ११ औं बार्षिक साधारण सभाको आयोजना गरिएको थियो । सो सभाले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्विाचित गरेको छ ।

शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता थिए । त्यसमध्ये ४ सय ३५ मत खसेको थियो । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, द्वित्तीय उपाध्यक्षमा बुद्धि दियाली, तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभभाइ बज्राचार्य निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्धमसुन्दर शाक्य निर्वाचित भए । यस्तै प्रत्येक प्रदेशबाट २ जनाका दरले निर्वाचित हुने सदस्यमा कोशीबाट राजकुमार गुप्ता र जयप्रकास गजमेर, मधेसबाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, बागमतिबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीबाट हिमबहादुर विश्वकर्म र विनोदकमार विक, लुम्विनीबाट भीमसिंह विके र संजय सोनी, कणालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदूरपश्चिमबाट गणेशबहादुर सुनार र रमेशबहादुर सुनार निर्वाचित भए ।

यस्तै नगर संघबाट बिमल कुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निवाचित भएका छन् । खुल्ला सदस्यतर्फ जीवनज्योति बिश्वकर्मा, राजेन्द्र सुनार, चेत नारायण विश्वकर्मा, राजभाई बज्राचार्य, नरेन्द्र बिश्वकर्मा, मनकाजी विश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शक्य र ताराबहादुर सुनार निर्वाचित भएका छन् ।

त्यस्तै महिलातर्फ सीता विश्वकर्मा र रितु विश्वकर्मा, वस्तुगतर्फ चित्रबहादुर महाल र एसोसिएटबाट सुजित शाक्य निर्वाचित भएका छन् । कार्य समितिको बाँकी सदस्यहरु तथा विशिष्ट सदस्य अध्यक्ष तथा कार्यसमितिले चयन गर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal