Skip to content
Prabhu

३ करोड ठगी आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् ।

प्रहरीले सहकारीको रकम हिनामिनाको आरोपमा लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पनि पक्राउ गरेको छ ।

उनीहरूले आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानिनोक्सानी पुर्‍याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरूमाथि ३ करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ।

यो सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ छ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal