Skip to content
Prabhu

सत्ती भन्सारद्वारा ११ महिनामा ९ करोड राजश्व संकलन

कैलाली । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ९ करोड ८० लाख ७८ हजार राजश्व रुपैयाँ संकलन गरेको छ ।

सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुस्किल हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए ।

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा सात करोड ५० लाख ४० हजार रुपैयाँ मात्र राजश्व संकलन भएको प्रमुख सापकोटाले बताए । ‘यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौं’, उनले भने ।

सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत ६४ हजार रुपैयाँ, बेरुजुबाट १ लाख रुपैयाँ, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार रुपैयाँ, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार रुपैयाँ, भन्सार महसुल आयातमा ५ करोड एक लाख रुपैयाँ, कृषि सुधार शुल्कमा १ लाख ८ हजार रपैयाँ, भन्सारसम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार रपैयाँ, मूल्य अभिवृद्धि कर आयातमा ४ करोड ४६ लाख ९७ हजार तथा हरित करबाट ४ हजार रुपैयाँ राजश्व संकलन भएको प्रमुख सापकोटाले बताए।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal