Skip to content
Prabhu

आइतबार तीन कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतभन्दा बढीको वृद्धि

काठमाडौं । आइतबार सेयर बजारमा तीन कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । साताको पहिलो कारोबार हुने दिन मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र नबिल ब्यालेन्स फण्ड–२ को सेयर मूल्यमा ५ प्रतिशत भन्दा बढीको वृद्धि भएको हो ।

कारोबार हुने साताको पहिलो दिन समग्र बजार घट्दा पनि यी ३ कम्पनीको मूल्य ५ प्रतिशत भन्दा बढीले बढेको हो ।

आइतबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ८४ रुपैयाँले बढेर १ हजार २७४ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य पनि ५.७६ प्रतिशत अर्थात् ३८ रुपैयाँले बढेर ६९८ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै नबिल ब्यालेन्स फण्ड–२ को सेयर मूल्य पनि ५.३६ प्रतिशत अर्थात् ०.४४ रुपैयाँले बढेर ८ रुपैयाँ ६५ पैसामा कारोबार बन्द भएको छ ।

आज धेरै मूल्य बढ्ने शीर्ष पाँचभित्र परेको अरु कम्पनीमा लक्ष्मी उन्नति कोष र न्यादी हाइड्रोपावर लिमिटेड रहेका छन् । आजको कारोबार बन्द हुँदा लक्ष्मी उन्नति कोषको सेयर मूल्य ४.८८ प्रतिशत अर्थात् ०.४० रुपैयाँले बढेर ८ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि अघिल्लो कारोबारको भन्दा ४.३६ प्रतिशत अर्थात् १३ रुपैयाँ ९० पैसाले बढेर ३३३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal