Skip to content
Prabhu

तीन लघुवित्त र दुई हाइड्रोको सेयर मूल्यमा उच्च गिरावट

काठमाडौं । सेयर बजार कारोबार हुने साताको पहिलो दिन आइतबार तीन लघुवित्त वित्तीय संस्था र दुर्ई हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट आउको छ । आइतबारको कारोबार बन्द हुँदा मनकामना स्मार्ट लघुवित्त, साधना लघुवित्त र गणपति लघुवित्त वित्तीय संस्था तथा मंदाकिनी हाइड्रोपावर लिमिटेड र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको हो।

आइतबारको कारोबार बन्द हुँदा स्मार्ट लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य १२५ रुपैयाँले १० पैसाले घटेर १ हजार २१९ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ८.७७ प्रतिशत अर्थात् १०० रुपैयाँले घटेर १ हजार ४० रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै गणपति लघुवित्तको सेयर मूल्य पनि आज ५.७६ प्रतिशत अर्थात् १ सय रुपैयाँ ९० पैसाले घटेर १ हजार ६५२ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ । आज मंदाकिनी हाइड्रोको सेयर मूल्य ५.६९ प्रतिशत अर्थात् ३२ रुपैयाँले घटेर ५३० रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै माउन्टेन हाइड्रो नेपालको सेयर मूल्यमा ५.२० प्रतिशतको गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य १३ रुपैयाँले घटेर २३७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal